३१ असार २०८३, बुधबार

अरुण चौधरीमाथि अनुसन्धान भइरहेको छ : सीआइबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी ग्रुपमा आबद्ध व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीले चौधरीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । चौधरीसँगै बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ पर्नुभएको हो ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्न उहाँहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँहरुका बारेमा थप अनुसन्धान भइरहेको र बाँकी जानकारी केही दिनभित्र दिइने प्रवक्ता अधिकारीले बताउनुभयो ।