११ कार्तिक २०८३, बुधबार

जतिनै विरोध गरेपनि गठबन्धन भत्किनेवाला छैन् : माधवकुमार नेपाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरेपनिगठबन्धन नभत्किने बताउनु भएको छ ।

विहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कतिपयलाई नपचेको भन्दै जतिनै प्रयास गरेपनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन्, वान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने वित्तिकै वाक्कदिक्क मान्छन् । तर उनीहरु जतिसुकै गठबन्धनको विरोधमा लागेपनि गठबन्धन भत्किनेवाला छैन् । पाँचवर्षसम्म गठबन्धन रहन्छ,’ उहाँले अगाडि भन्नुभयो,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासनकायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस भन्ने हाम्रो पनि चाहना छ ।’

यस्तै उहाँले भाषण र वाचाभन्दा परिणाममूखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘भाषण र वाचाभन्दा परिणाममूखी काम गर्नुपर्छ रत्यसको लागि सरकारलाई आग्रहपनि गरेका छौ । विगतकागल्तीलाई समिक्षा गर्नुपर्छ । कनिका छरेजसरी बजेट छर्ने । आवश्यकनभएको योजनामालगानी गर्ने बानी छ,आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’

मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न आग्रह पनि गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘हराई सकेका शक्तिहरु, राजतन्त्रलाई फेरि ब्यूताउनखोजिरहेका छन्, मसानघाटबाटभूतजगाएजस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्नेवाला पनि छैन । केही गर्नेवाला पनि छैन् । जाग्न पनि दिदैँनौ, टिक्न पनि दिदैँनौ । त्यसकारणले व्यर्थको कसरत नगरौं ।’