२६ असार २०८३, शुक्रबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।