२२ असार २०८३, सोमबार

जापान एसियन कपको क्वाटरफाइनलमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । जापान एसियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक-एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ ।