
काठमाडौं, १७ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो । नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाउनु भएको थियो ।
त्यस्तै अर्जुन खनालले १४ रन बनाउनु भएको थियो । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३, दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाउनु भयो ।
त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिनु भएको थियो । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिनुभयो । यो जितसँगै बंगलादेश ३ खेलमा ४ अंक बनाउँदै सेमिफाइनलको दौडमा कायम रहेको छ।
नेपाल भने सेमिफाइनलको दौडबाट यस अघि नै बाहिर भएको छ । नेपालले अब अर्को खेल भारतसँग शुक्रबार खेल्ने छ ।








प्रतिक्रिया