३१ जेष्ठ २०८३, आइतबार

कोशी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ माघ । कोशी नदीमा हामफालेका एकजना वृद्धको प्रहरीले सकुशल उद्धार गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफाल्नु भएका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो ।

६० वर्षीय पुरुष कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले उहाँलाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका वृद्वलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
छ ।