२४ जेष्ठ २०८३, आइतबार

यू-१९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्नुभएको छ । योसँगै बंगलादेशले पहिला बलिङ गर्ने भएको छ ।

नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह ‘डी’ मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ‘ए’ बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सको पहिलो खेलमा मंगलबार भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित हासिल गरिसकेका हुनाले नेपालको सेमिफाइनलको सम्मावना भने सकिएको छ । अब दुवै खेलमा जित हासिल गरेपनि नेपालको सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

नेपालले समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २/२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।