
विराटनगर, १७ माघ । झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उहाँसँग कारोबारमा संलग्न विराटनगर–१६ की ३० वर्षीया सरस्वती गुरुङलाई पनि डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ ।
मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट ३३ वर्षीय चित्रकुमार रपाललाई २५ ग्राम ब्राउनसुगर, ५ वटा मोबाइल फोन र डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, झापाको मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीय स्मार्ट थेवे एक ग्राम खैरो हेरोइन सहित पक्राउ पर्नुभएको छ ।








प्रतिक्रिया