
सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा पाँच जना घाइते हुनुभएको छ । घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । घाइते नेपाली चालक हुन् ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया