१६ असार २०८३, मंगलबार

आम सञ्चार क्षेत्रको पुन:संरचना हुन्छ : रेखा शर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुन:संरचना गर्ने बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव कार्यक्रममा उहाँले आम सञ्चार क्षेत्रको पुन:संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा आम सञ्चार क्षेत्र सुधार समिति गठन गरेको बताउनु भएको हो । समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी मन्त्री शर्माले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी आम सञ्चार क्षेत्रकै पुन:संरचना गर्न खोजिरहेका छौं । आम सञ्चार क्षेत्रको पुन संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारे आम सञ्चार क्षेत्र सुधार समितिको प्रतिवेदनका आधारमा नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको छ ।’

उहाँले प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएको बताउनुभयो ।संविधानले प्रतयाभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित व्यावसायिक बनाउन सरकार क्रियाशील रहेको उहाँको भनाई छ ।

‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी हामीले आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका छौ’ उहाँले भन्नुभयो, ‘संविधानले पत्तयाभूत गरेकोपूर्ण प्रेस स्वतन्त्रलाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार क्रियाशील छ ।’

मन्त्री शर्माले पत्रकारहरुलाई समाजमा देखा परेका उच्छृङखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा जोड दिन आग्रह गर्नुभयो ।