६ असार २०८३, शनिबार

मकवानपुर गोल्डकप : एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ माघ । छैटौँ संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ ।

गौरीटार बहुउद्देश्यीय रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

मकवानपुर गोल्डकपको विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।