२ असार २०८३, मंगलबार

साउदीलाई हराउँदै दक्षिण कोरिया एसियन कपको क्वाटरफाइनलमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । दक्षिण कोरिया एसियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेका थिए ।

खेलको ४६औं मिनेटमा साउदीका अब्दुल्लाह राडिफले गोल गर्दै शुरुवाति गोल गरेका थिए भने दक्षिण कोरियाले खेलको ९०औं मिनेटमा चो गुइसंगको गोलमा कमब्याक गरेको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै देशले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

अब क्वाटरफाइनलमा दक्षिण कोरियाले अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यसैगरी यो हारपछि साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।