१ असार २०८३, सोमबार

सत्ता गठबन्धन बैठक : कोशीको परिणाम अप्रत्याशित र चिन्ताजनक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा सत्ता गठबन्धनको अपेक्षाविपरीत आएको निर्वाचन परिणामलाई अप्रत्याशित ठहर गरेको हो । दुई सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस उम्मेदवारले जित्नुभएको थियो भने महिलातर्फको सीटमा माओवादी उम्मेदवारलाई एमालेसँग पराजित गर्नुभएको थियो ।

राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठक पश्चात नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलेकोशीमा आएको परिणामको बारेमा प्रारम्भिक छलफल भएको बताउनुभयो । गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षको मतभारका हिसाबमा जीत सुनिश्चितको हिसाब निकालेका थिए । अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको भन्दै नेता लेखकले त्यसको बारेमा गम्भीररुपमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेश सत्ता पक्षको गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौं । त्यो विषयलाई लिएर छलफल भएको छ । समग्रतामा अरु प्रदेशको बारेमा पनि छलफल भएको छ । राष्ट्रियसभाको निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रुपलेगम्भीररुपमा छलफल गरेको छ । कोशीमा जुन परिणाम आएको छ यो गम्भीर छ, चिन्ताजनक छ यसको बारेमा प्रारम्भिक छलफल भएको छ र अझै छलफल गर्ने निर्णय भएको छ ।’

यस्तै, उहाँले यो विषय गठबन्धनकै सरोकारको विषय भएको भन्दै यसले गठबन्धनमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै कन्सर्न हो किनभने सबैको साझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छौं। गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन् भन्ने विषयमा पनि समझदारी छ ।’

लेखकले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस गर्‍यो भन्ने विषय प्रारम्भिक छलफलको विषय नभएको भन्दै यस बारेमा आगामी दिनमा विश्लेषण हुने जानकारी दिनुभयो ।