
काठमाडौं, १६ माघ । सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो।
राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक आह्वान गर्नुभएको हो ।
सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हार्नुभएको थियो ।
कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरुले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन्।








प्रतिक्रिया