
काठमाडौं, १६ माघ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र बेलायती सेनाप्रमुखबिच मंगलबार शिष्टाचार भेट भएको छ ।
संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डामा पुगेर भेट्नु भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबिच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको छ ।
भेटअघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो ।
यस्तै, बेलायती सेना प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सेना प्रमुख स्याण्डर्सले प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भेट गर्नुभएको हो ।








प्रतिक्रिया