
काठमाडौं, १६ माघ । सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख गृह मन्त्रालयमा तानिनु भएको छ ।
मिटरब्याज पीडितका मुद्वामा पीडकसँग मिलेर मुद्वा बेवास्ता गरेको पाइएपछि गृह मन्त्रालयले प्रजिअ राजेन्द्र देव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई मन्त्रालयमै तानेको हो ।
सिराहाका मिटरब्याज प्रभावितहरूले केही दिनअघि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनु भएको थियो ।








प्रतिक्रिया