३ श्रावण २०८३, आइतबार

मुलुक आत्मनिर्भर बन्न आर्थिक विकास जरुरी छ : मन्त्री साउद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । परराष्ट्रमन्त्री एनपी साउदले देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने बताउनु भएको छ ।

सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्नुहुँदै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन् । भारत र नेपालबीच परनिर्भरता पनि त्यतिकै छ । मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने हुन्छ ।’

भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरु समाधान गर्ने दायित्व भारतको पनि रहेको उहाँको भनाई थियो । मन्त्री साउदले सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएको बताउँदै नेपालका पुरातात्वीक सम्पदा र अन्य भौतिक पूर्वाधारको विकास गर्नसके लाखौं भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयोे, ‘हामीसँग प्रतिष्ठित तीर्थस्थलहरु छन् । ती तिर्थस्थलहरुको विकास गरे भारतीय पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने हाम्रो अर्थतन्त्र माथि उठ्न टेवा पुग्नसक्छ ।’

कुनैबेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गर्नुभयो ।