११ असार २०८३, बिहिबार

एनसेलको शेयर बिक्रीबारे छानबिन समितिले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आज प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने भएको छ ।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व गैर आवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरमा बिक्री गरेको थियो।

बिना जानकारी शेयर बिक्री गरिएपछि सरकारले मङ्सिर २१ गते पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।