२३ असार २०८३, मंगलबार

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।

काठमाडौंको सामाखुसीमा आयोजित एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाइदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरवृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पूर्वप्रदेश सांसद मोहन रेग्मी, उपाध्यक्ष तेजबिक्रम बस्नेत, उपमहासचिव सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमको सहभागिता रहेको छ ।
एकेडेमीले वार्षिक कार्ययोजना अनुसार देशभर विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष आचार्यका अनुसार यस लगत्तै मधेश प्रदेशका विभिन्न जिल्लामा कुस्ती, फुटसल, टग अफ वार, हक्की, बागमती प्रदेशको काठमाडौंमा अन्तर विश्व विद्यालय स्तरीय भलिबल, राष्ट्रिय फुल कन्ट्याक्ट कराँते, प्रदेशस्तरीय तेक्वान्दो लगायतका प्रतियोगिताहरु आयोजना हुँदैछन् ।