
काठमाडौं, १४ माघ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो । आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो ।
पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले नटआउट १०० रनको शतकीय पारी खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाउनुभयो ।
यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्ल २१ रन बनाएर आउट हुनुभयो । कर्णालीका दीपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक/एक विकेट लिए । जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो । कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोड्नुभयो ।
यसैगरी विपिन शाहीले १४ रन बनाउँदा रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले १२–१२ रनको पारि खेल्नु भएको थियो । कर्णालीलाई रोक्ने क्रममा कुशल मल्ल र विवेक यादवले तीन तीन विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । सहाब आलमले एक विकेट लिनुभयो । जितसँगै आर्मीले ताकिलामा १० अंक बनाएको छ ।
अहिले तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझैं २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ ।









प्रतिक्रिया