३१ असार २०८३, बुधबार

लालिगाको शीर्ष स्थानमा उक्लियो रियल मड्रिड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । स्पेनिस फुटबल क्लब रियल मड्रिड लालिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लास पालमसलाई २–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको जिरोनाको समान खेलबाट ५२ अंक रहेको छ ।

लास पालमसले आफ्नै मैदानमा सुरुआती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा नतिजा रियललाई सुम्पन पुग्यो । जेभियर मुनोज जिमेनेजले गोल गर्दै ५३ औं मिनेटमा अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा रियलका भिनिसियस जुनिएरले गोल गर्दै रियललाई बराबरीमा ल्याए । ८४ औं मिनेटमा ओरेलिन चुवामानीले गोल गर्दै रियललाई २–१ को जित पक्का गराए ।

रियलसँग पराजित भएको लास पालमस भने तालिकाको नवौं स्थानमा रहेको छ ।