
काठमाडौं, १३ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन् ।
लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ । लुम्बिनी र एपिएफ क्लबले आ–आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् ।
दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अंक तालिकाको नवौँ स्थानमा छ । लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अंक जोडेको छ ।
यस्तै बागमती अंक तालिकाको दोस्रो स्थानमा छ । बागमतीले हालसम्म आठ खेलमा पाँचमा जित हासिल गर्दै १० अंक जोडेको छ ।
यस्तै अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ ।
एपिएफ क्लब अंक तालिकाको छैटौँ स्थानमा छ । एपिएफले ६ खेलमा तीनमा विजयी हुँदै ६ अंक बनाएको छ । यस्तै गण्डकी हालसम्म खेलेका ६ खेलमध्ये दुईमा जित हासिल गर्दै चार अंकका साथ अंक तालिकाको आठौँ स्थानमा छ ।









प्रतिक्रिया