१८ असार २०८३, बिहिबार

बंगलादेशमा भएको म्याराथन डेब्यूमै सन्तोषीलाई राष्ट्रिय कीर्तिमानीसहित स्वर्ण

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नु भएको छ ।

उहाँले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्नुभएको हो । उहाँले यसअघि नेपालकै पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्ड दुरीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनु भएको हो ।

यसअघि मध्यम दुरीमा दौडिँदै आएकी सन्तोषीको यो प्रतियोगिता डेब्यू म्याराथन हो । उनले बंगबन्धुमा म्याराथनमा २ घन्टा ४८ मिनेट ०२ सेकेन्डको‌ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

विन्द्रा धान्के श्रेष्ठले पाँचौं स्थानमा दौड पूरा गरेकी थिइन् । उहाले ३ घन्टा ४ मिनेटमा दौड पूरा गर्गनुभएको थियो। सोही विधामा एपिएफकी‌ पुष्पाले‌ रजत पदक जितकी छन् । पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्नुभएको टोलीका प्रशिक्षक राकेश बज्राचार्यले जानकारी दिनुभयो ।

बंगबन्धु म्याराथन पुरुषतर्फ खड्गबहादुर खड्काले कास्य पदक जित्नु भएको छ । उहाँले २ घन्टा १८ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरेका गर्नुभएको थियो ।