बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनले सत्ता गठबन्धनमा संशय

दैनिक नेपाल २०८० माघ १२ गते ८:२१

काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ । १९ पदका लागि बिहीबार भएको निर्वाचनमा कोसी प्रदेशमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएसँगै गठबन्धनभित्रको आशंकालाई बढाएको हो, आजको नागरिक दैनिकमा खबर छ ।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका थिए । कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्रीको जिम्मेवारीबाट रोकिएका थिए । संवैधानिक प्रक्रियाअनुसार प्रदेशसभा सदस्यमध्येबाट कोइरालानिकट कार्की कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

शीर्ष नेताहरूबीच सहमति तोड्दै कार्की मुख्यमन्त्री नियुक्त भएपछि फेरि कोइरालासहितका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई निरन्तरता दिने समझदारी गरेका थिए । कार्की नेतृत्वको सरकारमा सहभागी एमाले फेरि बाहिरिएको थियो । तर राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका कोइराला पक्षले एमालेलाई गुन तिरेको विश्लेषण गर्न थालिएको छ । त्यसले केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धनमा बढ्दै गएको अविश्वास बढाउँदै लैजाने आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित