आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : माओवादी बन्यो राष्ट्रिय सभामा ठूलो दल, तीन मेयरले गरेनन् मतदान

दैनिक नेपाल २०८० माघ ११ गते २१:३९

काठमाडौं, ११ माघ । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्रसबैभन्दा ठूलो पार्टी बनेको छ ।

राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी हुनु भएको छ । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल सफल भएको हो ।

यता, बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित हुनुभयो । त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित हुनुभयो ।

यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो ।यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित