४ श्रावण २०८३, सोमबार

पाकिस्तानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा नेपाली क्रिकेट टोलीका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित नेपाल आज पाकिस्तानलाई पराजित सुपर सिक्समा प्रवेश गर्ने सम्भावनालाई कायमै राख्ने पक्षमा हुनेछ । उता पाकिस्तान पनि लगातार दोस्रो जितको खोजिमा हुनेछ ।

न्युजिल्याण्डविरुद्ध खेलेको नेपाली टोलीमा ३ जना परिवर्तन गरिएको छ । न्युजिल्याण्डविरुद्ध खेलेका दुई जना दीपक बोहोरा र तिलकराज भण्डारीलाई बेञ्चमा राखिएको छ । उनीहरुको ठाउँमा विपिन रावल, दीप्क डुम्रे र दुर्गेश गुप्ताले प्लेयिङ सेटमा मौका पाएका छन् ।

यस्तो छ नेपालको प्लेइङ ११:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।