४ असार २०८३, बिहिबार

एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १–० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औं मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बिनले गोल गर्दै अग्रता दिलाए ।

सोही अग्रता अन्तिमसम्म कायम राख्दै सिरियाले स्पष्ट ३ अंक जोड्न सफल भयो ।

यस्तै, मंगलबारै भएको अर्को खेलमा अस्ट्रेलिया र उज्वेकिस्तानले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीले अस्ट्रेलिया शीर्ष तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरे । भारतलाई पराजित गरेको सिरिया ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेकाले उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी नै छ ।