
काठमाडौं, ७ माघ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ ।
विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो । हेड टु हेडमा नेपाल र न्युजिल्याण्डबीच सन् २०१६ र २००६ मा खेल भएको थियो । दुबै खेलमा नेपाल नै विजयी भएको थियो ।
नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानविरुद्ध खेल्नेछ ।
विश्वकप खेल्ने नेपाली युवा टोलीको कप्तानमा देव खनाल छन् भने टोलीका अन्य सदस्यमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक डुम्रे, दुर्गेश गुप्ता, र गुलशन झा छन् ।
यसैगरी दिपेश कँडेल, दिपक बोहरा, बिशाल केसी, सुभाष भण्डारी, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक भण्डारी र आकाश चन्द पनि टोलीमा छन् ।








प्रतिक्रिया