
काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ ।
युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत गर्नुभएको थियो ।
कम्पालाबाट आइतबार बिहान कतार ओर्लिएका प्रधानमन्त्री दाहाल बिहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनुभएको हो ।
प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगाण्डा पुग्नुभएको थियो ।








प्रतिक्रिया