२२ असार २०८३, सोमबार

छोराछोरीले गराइदिए ८० वर्षीय वृद्ध र ७० वर्षीया वृद्धाको विवाह

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ६ माघ ।  दार्चुलाको अपिहिमाल गाउँपालिका-६ मज्जेका ८० वर्षीय राइसिंह धामी र ७० वर्षीया बिन्दु धामीबीच शुक्रबार धुमधामसँग विवाह भएको छ ।

पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसँग विवाह गर्नुभएको हो । छोराछोरी, नाती, पनातीहरूले उहाँहरूको विवाह गराइदिएका हुन् ।

दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिउँदोमा सिन्दुर र घाँटीमा पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै विधि पूरा गरेर घरभित्र सास्कृतिक परम्परासहित विवाह गरेको बताइएको छ।

धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरी ३१ जना सदस्य रहेको राइसिंह नाती भगतसिंह धामीले बताउनुभएको छ ।

दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।