शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

यात्रुले उडिरहेको विमानकी महिला कर्मचारीलाई टोकिदिएपछि…

दैनिक नेपाल २०८० माघ ५ गते ११:४४

काठमाडौं, ५ माघ । जापानबाट संयुक्त राज्य अमेरिकाका लागि उडेको एउटा जापानी विमानमा एक यात्रुले विमानका कर्मचारीलाई टोकिदिएका छन् ।

मदिरा पिएर मातिएका यात्रुले चालकदलकी एक सदस्यलाई टोकिदिएपछि विमान पुन टोकियो फिर्ता भएको हो । ती ५५ वर्षे अमेरिकी यात्रुले मदिरा पिएर निकै मातेको अवस्थामा एक महिला कर्मचारीको पाखुरामा टोकिदिएका थिए । टोकाइबाट विमानकी ती कर्मचारीको पाखुरामा चोट लागेको छ।

ती व्यक्तिले प्रहरीलाई आफूले निद्रा लाग्ने औषधि खाएको र के भयो भन्नेबारे आफूलाई सम्झना नभएको बयान दिएका छन्। घटनाका बेला विमान १५९ यात्रुसहित प्रशान्त महासागरमाथि उडिरहेको थियो ।

चालकदलका सदस्यमाथि शारीरिक आक्रमण भएपछि विमानचालकले विमान टोकियोस्थित हानेदा विमानस्थल फर्काएर कर्मचारीलाई टोक्ने यात्रुलाई टोकियोस्थित विमानस्थलमा प्रहरीको जिम्मा लगाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित