२९ जेष्ठ २०८३, शुक्रबार

कोपा डेल रे : प्रतियोगिताबाटै बाहिरियो रियल, एथ्लेटिको क्वाटरफाइनलमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । रियल मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै एथ्लेटिको मड्रिडले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । अन्ततः ४–२ को जित निकाल्दै एथ्लेटिको मड्रिडले अन्तिम ८ मा स्थान पक्का गर्दा रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

३९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा जान ओबलकले एथ्लेटिको मड्रिडकै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले रियलले खेल बराबरी गरेको थियो ।

५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिकोले अग्रता २–१ बनाउन सफल भयो । तर, ८२ औं मिनेटमा जोस लुइसले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समय २–२ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । जसमा १०० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई ३–२ ले अघि बढाएका थिए भने रोड्रिगोले ११९ औं मिनेटमा गोल गर्दै एथ्लेटिका मड्रिडलाई ४–२ को जित दिलायो । यो जितसँगै कोपा डेल रेको अन्तिम ८ मा एथ्लेटिका मड्रिडले स्थान पक्का गरेको छ ।

कोपाको अन्तिम आठमा एथ्लेटिको मड्रिडसहित, बार्सिलोना, सेभिल्ला, एथ्लेटिक क्ल्ब, मालोर्का, सेल्टाभिगो, रियल सोसिडाड र जिरोना पुगेका छन् ।