६ असार २०८३, शनिबार

एसियन कप फुटबल : साउदीले ओमानलाई हरायो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । एएफसी एसियन कप फुटबलमा साउदी अरेवियाले नाटकीय जित निकालेको छ । कतारमा जारी प्रतियोगितामा साउदीले ओमानविरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो ।

मंगलबार रातिको खेल बराबरीतर्फ उन्मुख रहेका बेला दोस्रो हाफको अतिरिक्त सयमा साउदीले निर्णायक गोल गरेको थियो । १४ औं मिनेटमा ओमानले पेनाल्टीमार्फत अग्रता लिएको थियो । ओमानका लागि सलाह सइद याहयाले पेनाल्टीमा गोल गरेका हुन् ।

विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदीले एसिया कपमा पनि दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्न सफल भयो । ७८ औं मिनेटमा अब्दुल रहमान अब्दुल्ला अजीबले गोल गर्दै साउदीलाई एक एकको बराबरीमा ल्याएका थिए ।

अली हादी मुहम्मद बोलेटले दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा गोल गर्दै अन्त्यमा साउदीलाई २–१ को जित दिलाए । समूह एफमा ३ अंक जोडेको साउदी दोस्रो स्थानमा रहेको छ । यही समूहमा रहको थाइल्याण्डले कीर्गिस्तानलाई पराजित गर्दै शीर्ष स्थानमा छ ।