२८ असार २०८३, आइतबार

‘अग्निपथ’मा प्रधानमन्त्रीको आत्मसमर्पण !

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । भारत सरकारको ‘अग्निपथ’ योजनामा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन्। पहिला नेपाल सरकारले अग्निपथमा नेपाली युवालाई भर्ना लिन सहमति दिएको थिएन । तर अहिले अग्निपथमा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री दाहाल नै सक्रिय भएको स्रोतले बताएको छ, आजको नागरिक दैनिकमा खबर छ ।

भारत सरकारले ल्याएको सेनामा भर्नासम्बन्धी एउटा योजना हो–अग्निपथ । यो योजनाअन्तर्गत नेपाली युवालाई भारतीय सेनामा चार वर्षका लागि भर्ना गरी २५ प्रतिशतलाई स्थायी गर्ने र बाँकीलाई एकमुष्ट १० लाख ४० हजार भारतीय रुपैयाँ दिएर अवकाश दिने भनिएको छ। तर त्यतिबेला भारत सरकारको यो योजनाको नेपालमा विरोध भएपछि सरकारले नेपाली युवालाई अग्निपथमा भर्ना लिन सहमति दिन नसकिने भनेको थियो ।

गत जेठमा भारत भ्रमणका बेला प्रधानमन्त्री दाहालले यो विषय सुन्न पनि चाहेका थिएनन् । भ्रमणका बेला केही नेपाली पत्रकारसँग कुरा गर्दा दाहालले अग्निपथमा नेपाली युवालाई भर्ना लिन भारतलाई सहमति दिए आफ्नो राजानीतिक भविष्य नै सकिन्छ भनेका थिए। ‘यो विषय राजनीतिक हो, राष्ट्र र राष्ट्रियतासँग जोडिएको छ, मेरो कार्यकालमा अग्निपथमा युवालाई भर्ना हुन सहमति दिए मलाई सिध्याउँछन्’, प्रधानमन्त्री दाहालले त्यतिबेला भनेको कुरा उद्धृत गर्दै एक पत्रकारले भने । तर अहिले प्रधानमन्त्री स्वयंले अग्निपथमा नेपाली युवाको भर्ना खुलाउन चाहेको स्रोतको दाबी छ ।