
मकवानपुर, ३ माघ । बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीहरूलाई सम्मान गरिएको छ ।
वडा नम्बर ५ को तर्फबाट प्रतियोगितामा उपाधि जितेका खेलाडीहरूलाई वडा कार्यालयले खादा ओढाएर सम्मानपत्र प्रदान गरेको हो ।
खेलाडीहरूको प्रोत्साहनका लागि वडा कार्यालयले सम्मान गरेको वडा कार्यालयका सहायक सचिव देवराज लामिछानेले बताउनुभयो ।
खेलाडीहरूलाई वडाध्यक्ष लक्ष्मी जिम्बाले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा वडा नं. ५ का सदस्य अमृत थिङ, बकैया खेलकुद विकास समितिका सदस्य सीताराम स्याङतान, ५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष विनोद वाइवा, प्रभात माविका प्रधानाध्यापक दिपेश देवकोटा, एन्फा रेफ्री अनिल विक, प्रतियोगितामा टिम म्यानेजर वडा खेलकुद विकास समिति सदस्य वीरबहादुर घलान लगायत सहभागि हुनुहुन्थो ।








प्रतिक्रिया