२८ असार २०८३, आइतबार

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो ।

कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन बनाएको थियो । कोशीका सुजन थपलियाले १०५ रनको शतकीय पारि खेल्दा अभ्यास तिम्सिनाले २३ रनको योगदान गरे । कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अरु खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो ।

कोशीलाई सस्तैमा रोक्ने क्रममा पुलिसका करण केसीले ३ विकेट लिँदा ललित राजवंशी र सुनिल धमलाले दुई/दुई विकेट लिए । यसैगरी रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

१६७ रनको जवाफी लक्ष्यपुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसलाई जित दिलाउनका लागि अर्जुन साउदले नटआउट ६२ रनको अर्धशतकीय पारि खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ३८ रनको नटआउट पारि नै खेले ।

यसैगरी सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाए । दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए । कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए ।