३१ जेष्ठ २०८३, आइतबार

मकवानपुर गोल्डकपको छौठौं संस्करण माघ १६ गतेबाट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ माघ । शहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण आगामी माघ १६ गतेबाट हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको स्थानीय तहको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गर्न लागेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभयो । संघलाई मिति तय गर्न एन्फाले १६ देखि २७ गतेको समय उपयुक्त हुने बताएपछि सोही समयभित्र प्रतियोगिता गर्न लागेको लामाले जानकारी दिनुभयो ।

गौरिटार रंगशालामा हुने प्रतियोगितामा विभागीयसहित ‘ए’ डिभिजन क्लब, विदेशीसहित मोफसलका टिमहरु र आयोजक एन्फा मकवानपुर ११ टिम समेत गरी प्रतियोगितामा कूल १२ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । यसअघि सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दै आएका थिए । यो वर्षपनि सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल नै दिलाउने गरी पहल भैरहेको आयोजकले जनाएको छ ।

मकवानपुर गोल्डकपको पाँचौ संस्करणबाट २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको थियो । पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।