९ असार २०८३, मंगलबार

एसिया कप : इराकले इन्डोनेशियालाई हरायो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । एएफसी एसिया कप फुटबलमा इराक विजयी भएको छ । सोमबार कतारको अहमद विन अली स्टेडियममा भएको खेलमा इराकले इन्डोनेशियालाई ३–१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुआत गरेको छ । इराक समूह डीमा रहेको छ ।

इराकलाई जिताउनका लागि मोहमद अली, ओसामा रासिद र आयमन हुसेनले एक-एक गोल गर्दा इन्डोनेशियाका लागि मार्सिलेनिओ फेरडिनाले एक गोल फर्काए । १७ औं मिनेटमा मोहमद अलीले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा मार्सिलेनिओले गोल गरेपछि इन्डोनेशियाले एक एकको बराबरीमा ल्याएको थियो ।

पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा ओसामा रासिदले गोल गरेपछि इराकले पुनः अग्रता लियो । ७५ औं मिनेटमा आयमन हुसेनले गोल गरेपछि इराक ३–१ गोल अन्तरले अघि बढ्यो ।

७५ प्रतिशत बढी बल पोशेसन राखेको इराकबाट त्यसपछि थप गोल नभएपछि ३–१ को सहज जित निकाल्न सफल भयो । यही समूहमा जापान र भियतनाम पनि रहेको छ । जापानले आफ्नो पहिलो खेलमा आइतबार भियतनामलाई पराजित गरेको थियो ।