३१ जेष्ठ २०८३, आइतबार

एसियन कप : प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । एएफसी एसियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रता दोब्बर बनाएको थियो । मेहदी अब्दोलहामिद घयेडीले ३८ औं मिनेटमा गोल गरेपछि इरान एकतर्फीरुपमा अगाडि बढको थियो । पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल गरेपछि अन्तर ३–१ मा आएको थियो । सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरान ४– १को फराकिलो जित निकाल्न सफल भयो ।

समूह सीकै अर्को खेलमा युएईले हङकङमाथि ३–१ को जित निकालेको छ । युएईले जित निकाल्दा २ गोल पेनाल्टीबाट भएको थियो । भने हङकङले अन्त्यतिर गरेको गोल भारले मान्यता नदिँदा खेल रोमाञ्चक बनेको थियो । यो समूहमा इरान र युएईले स्पष्ट ३ अंक जोड्दै शीर्ष २ स्थानमा रहेका छन् । हङकङ र प्यालेस्टाइनले अंक जोड्न सकेका छैनन् ।

यस्तै समूह डीमा रहेको जापानले भियतनामलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार नेपाली समय अनुसार राति सवा ८ बजे समूह डीका इन्डोनेशिया र इराक भिड्ने छन् ।

यसैगरी समूह ईका कोरिया र बहराइनले सवा ५ बजे खेल्दा राति सवा ९ बजे मलेसिया र जोर्डन आमने सामने हुने छन् ।