२५ जेष्ठ २०८३, सोमबार

सुपर कपको उपाधि रियल मड्रिडलाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार बिहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो ।

मड्रिडलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे ।

रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल गर्दै अग्रता दिलाए । जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे ।

३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो । ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो । ७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।

त्यसपछि थप गोल नभएपछि शानदार जितका साथ रियलले सुपर कपको उपाधि कव्जा गर्न सफल भयो । जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ ।

सुपरकपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थामा रियल मड्रिड रहेको छ । बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ ।