सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा केदारनाथ ढुंगाना

दैनिक नेपाल २०८० माघ १ गते ७:०७

काठमाडौं, १ माघ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा केदारनाथ ढुंगाना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मञ्चको आइतबार बार्सिलानामा सम्पन्न विशेष अधिवेशनले ढुंगानाको नेतृत्वमा १३ सदस्सीय कार्यसमित निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा शिवप्रसाद गौतम, उपसचिवद्वयमा मोहनराज गौतम र नारायण सुवेदी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, अर्पण तिवारी, प्रविण गुरुङ, कल्पना भुजेल थापा, सुमन गुरूङ, राजेन्द्र पराजुली, प्रभात शर्मा र सन्देश गिरी चयन हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित