शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

यसकारण नग्न दृश्यबाट टाढिन्छिन् हलिउड अभिनेत्री जुलिया

दैनिक नेपाल २०८० पुष २८ गते १०:५७

लसएन्जल्स, २८ पुस । अमेरिकी अभिनेत्री जुलिया रोबर्टस हलिउडको चर्चित र लोकप्रिय स्टार हुनुहुन्छ । उहाँले आफ्नो ३० वर्षे करियरमा ‘रनवे ब्राइड’, ‘प्रिटी वुमन’, ‘नाइटिङ हिल’ र ‘माई बेस्ट फ्रेण्ड्स वेडिङ’ जस्ता कैयौं सम्झनलायक फिल्ममा अभिनय गर्नुभएको छ ।

हालैमात्र अभिनेत्रीले एक साक्षात्कार कार्यक्रममा आफ्नो करियरमा नग्न दृश्य नगर्ने कारणबारे खुलासा गर्नुभएको छ । जुलियाले आफूले जानेर बुझेर आफ्नो फिल्ममा कहिल्यै नग्न दृश्य नदिएको बताउनुभएको छ । ‘यो निर्णय आफ्ना लागि थियो’, उहाँले भन्नुभएको छ ।

‘मलाई लाग्छ कि जुन चिज म नगर्न छनोट गर्छु, त्यसले मेरो प्रतिनिधित्व गर्छ । मलाई अर्को व्यक्तिको मनपरेको कुरामा आलोचना गर्नु छैन । तर मेरा लागि फिल्ममा आफ्नो कपडा नखोल्नु या फेरि शारीरिक रुपले कमजोर हुनु एक विकल्प हो । जुन मैले नै छानेको हुँ । वास्तवमा भन्नु पर्दा मैले केही गर्नुको सट्टा केही नगर्ने विकल्प खोजेकी छु’, जुलिया भन्नुहुन्छ ।

साक्षात्कारमा जुलियाले आजको विश्वमा युवा अभिनेताका लागि उहाँको यात्रामा आएका समस्याका बारेमा पनि कुरा गर्नुभएको छ । ‘वर्तमान समयमा लोकप्रिय हुनु त्यो समयको तुलनामा धेरै अव्यवस्थित हो, जुन बेला म यो उद्योगमा नयाँ थिएँ । यद्यपि, अहिले प्रसिद्ध हुन धेरै कुरा छन् । यसले अहिले केवल थकाई मात्र दिएको छ । यो मेरो मात्र धारणा पनि हुनसक्छ’, जुलियाले भन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित