१७ असार २०८३, बुधबार

नेप्से ०.६२ अंकले घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । सेयर बजार मापक नेप्से परिसूचक आज ०.६२ अंकले घटेको छ । ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को बिन्दुमा झरेको हो ।

बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३०७ कम्पनीको कारोबार भएकामा १२१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै,११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ । १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ ।

६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो ।
नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ ।