३२ असार २०८३, बिहिबार

कुमारी बैंकले घटायो ब्याजदर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । कुमारी बैंकले माघ महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै पुस महिनाको तुलनामा माघमा ब्याजदर घट्ने जनाएको हो ।

बैंकका अनुसार, माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिनेछ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।