२८ असार २०८३, आइतबार

उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालन गर्ने एकीकृत समाजवादीको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रीत हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि जिल्ला र कार्यकर्ता तहसंग सुझाव लिने निर्णय गरेको उहाले बताउनुभयो ।

सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले जानकारी दिनुभयो ।