शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

अभिनेता पंकज त्रिपाठीका अनौठा किस्सा

दैनिक नेपाल २०८० पुष २५ गते १६:२३

बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो । उनले बाल्यकाल गाउँमै बिताए । उहाँले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक किस्सा सुनाउनुभएको छ ।

युवतीलाई आकर्षित गर्न साइकल स्टण्ट
पंकज सानैदेखि साइकलको सौखिन हुनुहुन्थ्यो । यहीकारण उहाँ युवतीलाई आफूतिर आकर्षित गर्न साइकलको स्टण्ट गर्नुहुन्थ्यो । ‘कक्षा ७ वा ८ मा पढ्दाको कुरा हो । गाउँमा एक युवा हुनुहुन्थ्यो जो साइकलमा स्टण्ट गर्नुहुन्थ्यो । उहाँ स्कुलमा हुने स्लो रेसको विजेता पनि हुनुहुन्थ्यो । उहाँ युवतीबीच निकै लोकप्रिय हुनुहुन्थयो । त्यही देखेर मैंले पनि साइकलको स्टण्ट गर्न सिकें । म साइकलको स्टण्ट सिकेर आगामी वर्षको विजेता बन्न चाहन्थें । तर त्यसो हुन सकेन’, उहाँले भन्नुभयो ।

पौडी सिक्न किरा सेवन
उहाँको पौडीवाला किस्सा झन रोचक छ । उहाँका अनुसार पंकजको घर पछाडि एउटा नदी थियो, जहाँ उहाँ पौडी सिक्न चाहानुहुन्थ्यो । ‘मेरो गाउँका बालबालिकाहरु निकै बद्मास थिए । तीमध्ये एक बालकले मलाई नदीमा बग्ने कालो किरा खान सकेमा आफूलाई पौडिन आउने सल्लाह दियो । मैंले त्यसै गरें । मंैले झण्डै १० देखि १२ वटा किरा खाएँ । धन्न मेरो पेट खराब भएन । कीरा खाएपनि मैंले पौडिन जानिन्, पंकज सम्झनुहुन्छ ।

थर परिवर्तन
उहाँको वास्तविक नाम पंकज तिवारी थियो । उहाँका गाउँमा धेरै तिवारी वा पुजारी वा किसान थिए । उहाँको एक काकाको थर त्रिपाठी थियो, जो सरकारी जागिरे थिए । अर्का एक बाबा थिए, जसको थर पनि त्रिपाठी थियो । ती बाबा हिन्दीका प्रोफेसर थिए ।
‘जब म १० कक्षाको एडमिट कार्ड भर्दै थिएँ, त्यो बेला मैंले पनि आफ्नो नामको पछाडि त्रिपाठी थपें । किनकी मलाई पुजारी या किसान बन्नु थिएन । त्यसपछि मैंले आफ्नो र पछि पिताको थर पनि फेरिदिएँ’, पंकज भन्नुहुन्छ ।

पंकज आगामी फिल्म ‘में अटल हुँ’मा देखिँदै हुनुहुन्छ । यो फिल्म यही जनवरी १९ मा रिलिज हुँदैछ । फिल्ममा उहाँ भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित