
काठमाडौं, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको आश्रमबाट चारजना बेपत्ता भएको उजुरी परेको बताएको छ ।
आज पत्रकार सम्मेलन गर्दै सीआईबीले बेपत्ता हुनेमा नुवाकोट,साविक देउराली, हाल मेघाङ गाउँपालिका वडा नम्बर-३ कि चुन्मो भन्ने २९ वर्षीया चिनिमाया तामाङ, मकवानपुर, हेटौडा उपमहानगरपालिका वडा नम्बर १३का ५१ वर्षीय सञ्चलाल वाईबा रहनुभएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो।
यस्तै,मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियाकी डोल्मो भन्ने ३० वर्षीया फूलमाया रुम्बा, र बारा, सिमरा उपमहानगरपालिका वडा नम्बर १५, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले निजगढ नगरपालिका १२, खुमजोरस्थित आश्रमबाट बेपत्ता भएको उजुरी आएको सीआईबीले जानकारी दिएको हो ।








प्रतिक्रिया