२४ असार २०८३, बुधबार

भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस् : प्रधानमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग भएको सम्झौताको बारे धेरै तनाव लिन आवश्यक नभएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले ५ करोड लिँदा राष्ट्र हितविपरीत नहुने, २० करोडसम्म लिंदा हुने भन्ने सिद्धान्त हुन नसक्ने भन्दै भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने विषयमा सरकारले ठूलो परिवर्तन नगरेको बताउनु भएको हो ।

उहाँले भन्नेभयो, अहिले हामीले यो विषयलाई कडाइ गरेका छौं । पाँचकरोड लिंदा राष्ट्र हितविपरित नहुने, २० करोडसम्मलिंदाहुने भन्ने कुरा कुनै सिद्धान्तसँग मेल खादैन । यो ठूलो विषयहोइन । पाँच करोड पहिलेदेखि लिदैँ आएको हो । यो सदनबाट अनुमोदिनविषयहो ।सैद्धान्तिक रुपले नयाँ कुरा बर्तमानसरकारले केही गरेको छैन् । अंककाहिसाबले पहिले तीन करोड रुपैंयाँ । पछि पाँचकरोड र अहिले २० करोड भयो भन्ने कुराले सद्धान्तिक रुपले केही फरक गर्ने कुरा होइन् ।’

भारतीय विदेशमन्त्री नेपाल आएपछि केही नयाँ सम्झौता नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हाल सार्वजनिक भएका सम्झौताहरु भारतीय विदेशमन्त्री आउँदा औपचारिकता पाएका हुन् । यस विषयमा १५ दिनअघि नै मन्त्रिपरिषद्ले निर्णय गरिसकेको हो ।’

तर सम्झौता र सहमतिका विषयमा समितिमा गम्भीर प्रश्न उठेकाले जानकारी दिन उपस्थित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कागजातहरु लिपिबद्ध रुपले उपलब्ध गराउने विषयमा सरकारलाई कुनै आपत्ति नभएको स्पष्ट पार्नुभयो ।