११ श्रावण २०८३, सोमबार

१२औँ पोखरा महोत्सवको तयारी पूरा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ पुस । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक यूनाइटेड क्लबले मंगलबबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी पुष २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सको तयारी पूरा भएको जनाएको हो ।

रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले बताए ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको आयोजक युनाइटेड क्लबले बाह्रौं संस्करणको पोखरा महोत्सवबाट हुने आम्दानीलाई लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा विपन्न विद्यार्थीहरुका लागि आवाशिय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि रकम छुट्याइने संयोजक श्रेष्ठले बताउनुभयो ।

आयोजकले दुई लाख ५० हजार दर्शक आउने अनुमान गरेको महोत्सव शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित)हरुलाइ निशुल्क प्रवेश गराइने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताउनुभयो ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्‍याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ भने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्स संगै लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ ।

त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

पत्रकार सम्मेलनको सञ्चालन क्लबका महासचिव तथा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले गर्नुभएको थियो भने कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय व्यवस्थापन उपसमिति संयोजक लोकबहादुर थापाले स्वागत मन्त्वय राख्नुभएको थियो ।