४ असार २०८३, बिहिबार

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्जर भएर आजदेखि एलएस क्यापिटल नाममा एकीकृत कारोबार सुरू भएको छ ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी आजबाट ग्राहकलाई थप सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सोमबार कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् ।

विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको र दुई कम्पनी गाभिए पश्चात् नवीनतम सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

मर्जर पश्चात् राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।

साथै, मर्जर पश्चात् कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरूको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरूलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

कम्पनीले मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्कासन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ ।

साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको जस अन्तर्गत ७ अरबको सम्पत्ती व्यवस्थापन भईरहेकोे, एक बिशिष्टीकृत लगानी कोष अन्तर्गत को रुपमा १ अर्ब बराबरको सञ्चालनमा रहेको, ३२ वटा कम्पनीहरूको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको कम्पनीले जनाएको छ ।